Made In Nepal
More Pictures
Talk Programme
List of Participants
प्रेस विज्ञप्ती
हाम्रै प्रदर्शनी २०६४
१९९४ मा विराटनगर जुट मिलबाट सुरु भएको नेपालको औद्योगिक इतिहास २०४७ सम्म आइपुग्दा
साना, मझौला र ठूला स्तरका उद्योगहरु जम्मा ३० पुगेको देखिएको छ । प्रजातन्त्र,
आर्थिक उदारिकरणका नीति अबलम्बन भए पछि यो संख्या २०६३/६४ को पहिलो नौ महिनासम्म
आइपुग्दा ३४४२ पुगेको छ । सियो पनि नबन्ने देशमा आजसम्म सियो बनाउने उद्योग त
स्थापना भएको छैन तर सियो बाहेक अरु धेरै कुरा उत्पादन गर्न सफल भएका छौं ।
तथ्याङ्क मात्र केलाउने हो भने हाम्रो औद्योगिक विकास क्रम बास्तवमा २०४७ साल पछि
मात्र तीब्र भएको देखिन्छ ।
नेपालले औद्योगिक विकासमा अगाडि बढिसकेको छ तर हाम्रो नेपाली उद्योग प्रतिको बुझाई
यद्धपि २०४७ साल ताका कै छ । उद्योग व्यवसायको अवस्थामा धेरै परिवर्तनहरु आईसकेको
भएता पनि नेपाली बस्तु नेपालमै बनेको कारणले उपेक्षित हुने गरेको छ । यसै
परिस्थितिमा केही सुधार ल्याउने अभ्रि्रायले नेपाली युवा उद्यमी मञ्चले २०६३ साल
देखि मेड इन नेपाल अभियान संचालन गदै आएको छ । यस अभियानको आसय आयात प्रतिस्थापन
गर्ने नभई नेपाली बस्तुले खप्नु परेको उपेक्षालाई निर्मूल गरि प्रतिस्पर्धाको
वातावरण तयार गर्नु हो । यसबाट नेपाली औद्योगिक विकासमा टेवा पुग्ने र अन्तत्वगत्वा
अर्थतन्त्रलाइ फाइदा पुग्ने छ ।
यसै मेड इन नेपाल अभियान अन्तरगत यस वर्षदोश्रो "हाम्रै प्रदर्शनी" आयोजनाका
तयारीहरु पुरा भइसकेको छ । यही फागुन १० देखि १४ सम्म भृकुटी मण्डपमा प्रदर्शनीको
आयोजना गरिने छ । ८० वटा स्टलहरु रहेको यस प्रदर्शनीमा घरेलु देखि ठूला उद्योगका
उत्पादनहरु र सेवा प्रदायकको सेवाहरु प्रदर्शनी गरिने छ । प्रदर्शनीको अलावा
नेपाली उद्योग, औद्योगिक विकास, नेपाली अर्थतन्त्र लगायतका विषयहरुमा प्रतिष्ठित
व्यक्तिहरुको प्रस्तुती तथा छलफल कार्यक्रम आयोजना गरिने छ । जगदिशचन्द्र पोखरेल,
पद्म ज्योति, प्रविन पाण्डे, अनिल शाह, आरमिन हफ्मेन र लक्ष्मी शर्मा कार्यक्रमका
स्रोत व्यक्तिका रुपमा सहभागी हुनुहुने छ ।
यसै प्रदर्शनीको अवसरमा विद्यालय स्तरको Collage making, निबन्ध लेखन र
प्रतिवेदन लेखन प्रतियोगिता पनि संचालन गरिने छ । कक्षा १ देखि ५ सम्मका विद्यार्थी
माझ Collage making प्रतियोगिता, कक्षा ६ देखि ८ सम्मका विद्यार्थी माझ निबन्ध
लेखन र कक्षा ११ र १२ का विद्यार्थी माझ प्रतिवेदन लेखन प्रतियोगिता संचालन गरिने छ
। मञ्चको यस पहललाइ धेरै विद्यालयहरुले सराहना गरेका छन् ।
यस प्रदर्शनीलाई नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयले
प्रवर्द्धन गरेको छ भने माउण्ट एभरेष्ट ब्रुअरी प्रमुख प्रायोजक, हिमालय बैक लि.,
नेपाल इन्भेष्टमेन्ट बैंक लि. र एशियन पेन्टस् प्रा. लि ले सह प्रायोजक र
सिर्द्धार्थ बैंक लि., एन बी इन्स्योरेन्स लि. एस विकास बैंक लि. , लघु उद्यम विकास
कार्यक्रम र गरुड सेकुरिटिजले सहयोगी प्रायोजकको रुपमा प्रायोजन गरेको छ ।
प्रदर्शनीलाई काठमाडौं महानगरपालिका , ललितपुर उपमहानगरपालिकाको विशेष सहयोग
प्राप्त भएको छ । प्रदर्शनी व्यवस्थापनको जिम्मा एस एन इभेन्टस्लाई प्रदान गरिएको
छ ।
प्रदर्शनीको आयोजनाले नेपाली उद्योगहरुको वर्तमान स्थिति बुझ्न सहयोग पुराउने,
शहरीया उपभोक्तालाई नेपाली वस्तुको वर्तमान स्तर र गुणस्तर प्रति सुसुचित गराउने र
घरेलु उद्योगलाई सानो लगानीबाट ठूलो प्रचार र विक्रिको अवसर सृजना हुने अपेक्षा
गरिएको छ ।